Harsamaya
होटल फरेष्ट इन लिमिटेडको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं - होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

निष्कासन गरिएका सेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ ।

यो आइपिओ निष्कासन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

होटल फरेष्ट इन लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

यसअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस २४ गतेदेखि माघ ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ जारी गरिसकेको छ ।

पहिलो चरणको निष्कासनपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ खुला गरेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update