Harsamaya
प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक
नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक ।

काठमाडौं - नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेलको अभिनय देख्न सकिन्छ ।

गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ । गीतको शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन पनि प्रविन बज्राचार्यले नै गरेका छन् । छायाँकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ ।

‘सोल्टिनी’ गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ । गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ।

गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update