Harsamaya
सूर्यकुण्ड हाईड्रोको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) खुला गरेको छ । कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

कम्पनीका अनुसार कुल निष्कासित सेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ ।

यो आईपिओ छिटोमा माघ २१ गते बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि कम्पनीले मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । 

सोहीअनुसार पहिलो चरणमा गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ जारी गरिएको थियो ।

पहिलो चरणको सेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आजदेखि आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update