Harsamaya
फिल्म ‘जाँड’लाई ‘पिजी’ सर्टिफिकेट प्रदान
फिल्म ‘जाँड’लाई ‘पिजी’ सर्टिफिकेट प्रदान ।

काठमाडौं - केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो ।

राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको पनि अभिनय समेटिएको छ ।

सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठरराजु शाह र राजेन्द्र भट्टको रहेको छ । फिल्मको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update