Harsamaya
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता हुँदै

काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै छ ।  निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रकमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो ।

उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्त पूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आयोगले आग्रह गरेको छ । आयोगले  भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । 

विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update