काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुँदैन - कार्यवाहक सभापति खड्का
काठमाडौं - नेपाली काँग्रेस शेरबहादुर समूहका कार्यावाहक सभापति पूर्णबहादुर खड्काले काँग्रेस पार्टीका सम्बन्धमा सर्वोच्च अदालतमा दर्ता भएको रिट फिर्ता हुने समाचार गलत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत कार्यवाहक खड्काले पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अवैधानिक निर्णयका विरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको स्पष्ट पारेका हुन् ।
केही सञ्चारमाध्यमले दायर रिट फिर्ता गर्ने सहमत्ति भयो भन्दै समाचार सम्प्रेषण गरेका थिए । सम्बेदनशील विषयमा आफूसंग प्रत्यक्ष सम्पर्क नगरिकन अड्कलका भरमा समाचार सम्प्रेषण नगर्न खड्काले आग्रह गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ २१:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

