Harsamaya
जगदीश खरेल ललितपुर - २ बाट चुनाव लड्ने 
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौं - निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका छन् । 

सोमबार पदबाट राजीनामा दिएपछि सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै खरेलले राजनीतिमा होमिनका लागि आफुले राजीनामा दिएको भन्दै अव ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने बताएका हुन् । 

पार्टीका बारेमा भने पछि मात्रै जानकारी दिने उनले बताए । उनले आफु मन्त्री पदमा रहदा जेनजी म्याण्डेड अनुसार नै काम गरेको उल्लेख गरे । सरकारको म्याण्डेड अनुसार तोकिएको समयमा नै निर्वाचन हुने दिशामा मुलुक अघि बढेको भन्दै उनले निर्वाचनका लागि सवै वातावरण बनिसकेको धारणा राखे । 

उनले आफ्नो कार्यकालमा ४० भन्दा बढी महत्वपूर्ण काम भएको दावी गरे । 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update