दुर्गा प्रसाईं पक्राउ
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
सोमबार पोखराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आइतबार निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा उनले आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोप छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

