घट्यो पेट्रोलियम पदार्थको मूल्य , आजदेखि नयाँ दर लागू
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले निर्धारण गरेको नयाँ मूल्य आजदेखि लागू भएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्य सूची निर्धारण गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ ०७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

