Harsamaya
नेप्सेमा समान्य वृद्धि, ६ अर्ब २० करोडको कारोबार
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - आज महिनाको अन्तिम दिन बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको छ । मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो ।

यसदिन नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ । यस दिन फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ ।

यस दिन कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७२ हजार ६७१ पटकको कारोबारमा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड २५ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । यस दिन मूल्य घटेका स्टहरुको गिरावटदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै ,यस दिन यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको हो ।

बाँकी ७ उपसमूहका परिसूचक भने यस दिन सामान्य बढेको हो । यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update