राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् ।
उनले आज नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आगामी माघ ४ गते आइतबारका दिन ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

