चर्चित गायक प्रशान्त तामाङको निधन
काठमाडौं - नेपालका चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो ।
प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’
त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु ।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

