Harsamaya
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए । 

दाहालको ८४ वर्षको उमेरमा निधन भएको हो । आचार्यले भोलि र पर्सी हुने विशेष महाधिवेशन भने यथावत् रहेको जानकारी दिए । 

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक, वरिष्ठ पत्रकार, पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दाहालको निधनले पार्टी र लोकतान्त्रिक क्षेत्रमा शोकको छायाँ परेको सचिवालयले जनाएको छ । 

प्रजातन्त्र स्थापनाको सङ्घर्षका कठिन दिनमा बीपी कोइरालासँगको सानिध्यतामा रहि उनले अतुलनीय योगदान गरेको बताइएको छ । 

‘नेपालको पत्रकारिता र राजनीतिक जगतले एक असल योद्धा गुमाएको छ । प्रजातन्त्र स्थापनाको सङ्घर्षका कठिन दिनमा बीपी कोइरालासँगको सानिध्यतामा राष्ट्र पुकार लगायतका पत्रिकाबाट उहाँले पुरउनुभएको योगदान अतुलनीय रहेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘स्वर्गीय दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन २०८२ का सन्दर्भमा आज पौष २६ गते आयोजित पदयात्रा लगायत आजका निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ । भोलि पौष २७ गते हुने विशेष महाधिवेशनको समुद्घाटन समारोहमा श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update