Harsamaya
मन्त्री खरेलको स्पष्टोक्ति - आजसम्म कुनै पार्टीमा आवद्ध छैन
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९औँ  स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे । आफ्ना बारेमा बिभिन्न चर्चा चल्नेगरेको भन्दै उनले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताए । 

मन्त्री खरेलले आफु र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको धारणा राखे । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उनले आग्रह गरे । 

उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गरे । 

कार्यक्रममा विभिन्न पत्रकारिता पुरस्कारहरु प्रदान गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update