Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक ।

काठमाडौं - आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।

विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गर्दै प्रभावकारी कानुन निर्माणमा योगदान पु¥याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update