पुलिस एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
काठमाडौं - नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पुलिसले पहिलो सेट २५–१९ दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले सेमिफाइनलमा शुक्रबार हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसअघि बिहीबार नै भएको अर्को खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल पनि सेमिफाइनल प्रवेश गरेको छ । खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५–१३, २५–२३, २५–१८ ले पराजित गरेको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

