Harsamaya
सालपा विकास बैंकको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता सेयरनिष्कासन गरेको हो ।

कुल निष्कासित सेयरमध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी सेयरसर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आईपिओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म खुला रहनेछ । आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

यसअघि बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपिओ निष्कासनको अनुमति पाएको थियो ।

कुल स्वीकृत शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update