Harsamaya
मन्त्री खरेलले भेटे अध्यक्ष ओलीलाई
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । 

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् । 

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए । 

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक  सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update