Harsamaya
प्रधानमन्त्रीले लिइन् 'ग्रे लिस्ट' बाहिर निकाल्न भइरहेको तयारीबारे जानकारी 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायसँग जानकारी लिएकी छिन् ।

आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरूबाट ब्रिफिङ लिएकी हुन् ।

ती निकायका प्रमुखहरूले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोजनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।

त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update