मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन
काठमाडौं - नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको अनलाईन आवेदन खुला गरेको छ । काउन्सिलले बिहीबार सावर्जनिक सुचना जारी गर्दै ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलाएको हो ।
योग्य व्यक्तिले शुक्रबारदेखि पौष २४ गतेसम्म फारम भर्न सकिने सुचनामा उल्लेख छ । त्यस्तै परिक्षाको मिति माघ १३ देखि १५ गतेसम्म लागि तोकिएको छ । ललितपुरको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा परिक्षा हुने सुचनामा उल्लेख छ ।
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

