काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । अघिल्लो बुधबार भने नेप्से २६२५.६९ अंकमा पुगेर रोकिएको थियो ।
यसदिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेकोछ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो । यसअघि बुधबार ४ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यी दुई कम्पनीको सेयर १० प्रतिशतभन्दा धेरैले बढेको हो । यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य पनि साढे ९ प्रतिशतले बढेको छ ।
यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको सेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
यस्तै, यसदिन कारोबार रकमका आधारमा बाराहि हाइड्रो पावर, राधि जलविद्युत कम्पनी र बुटवल पावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन ब्यापार, निर्जीवन इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त र अन्य उपसमूहको सूचक १ प्रतिशत भन्दा धेरैले घटेको हो ।

