काठमाडौं- एसीसी पुरुष यू-१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदै छ । पहिलो दिन भारत र आयोजक यूएई तथा पाकिस्तान र मलेसियाले खेल्नेछन् ।
प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलंकासँग यही मंसिर २७ गते खेल्नेछ । नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।
नेपालले सबै खेल सेभेन्स रंगशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ ।
नेपाली टोलीमा अशोक धामी कप्तान, नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्।

