Harsamaya
सालपा विकास बैंकको आईपिओ आजदेखि जारी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आइपिओ निष्कासन प्रक्रिया सुरु गरेको छ ।

बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न अनुमति दिएको थियो ।

जारी हुने सेयर मध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

विदेशमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा मेरो सेयर प्लेटफर्ममार्फत पनि सम्पन्न गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ ।

पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update