काठमाडौंले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।
अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिम इलिमिनेटरमा भिड्न लागेका छन् । मंगलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ ।
यस्तै इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

