Harsamaya
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु 
सांकेतिक तस्वीरः हर समय/harsamaya

दोलखा- दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

तामाकोशी-मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका-६ स्थित तामाकोशी नदी नजिकै आइतबार भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका-१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलुङ गाउँपालिका-१ पवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update