Harsamaya
उपाध्यक्ष पाख्रिन ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित 
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी उपाध्यक्ष कमला पाख्रिन ।

काठमाडौं - नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी उपाध्यक्ष कमला पाख्रिन ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । 

शनिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा - प्रतिष्ठान नास्टको ४३औँ  वार्षिकोत्सवमा विज्ञान, स्वतन्त्ररूपमा विज्ञान पत्रकारिताको क्षेत्रम रही प्रकृति, जलवायु, आनुवंशिक, र जैविकप्रविधिका क्षेत्रहरूमा आधाररित लेखहरू साथै जैविक विविधता र पर्यावरणीय चुनौतीबारे पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पाख्रिनलाई विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ५० हजार नगदसहित सम्मान गरेका हुन् । 

सोही अवसरमा नास्टले अन्य विभिन्न विधामा पुरस्कार वितरण गरेको थियो । पाख्रिन कान्तिपुर टेलिभिजनमा कार्यरत छिन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update