Harsamaya
राष्ट्र बैंकले माग्यो ७६ जना नयाँ कर्मचारी (विज्ञापनसहित)
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ।

शुक्रबार विज्ञापन जारी गर्दै राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ।

त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्।

nrb-jagir-1764898692-1764900468.png
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update