काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
काठमाडौं- काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं (टेकु)ले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ ०८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

