Harsamaya
भ्रष्टाचार मुद्दामा नेतन्याहूले राष्ट्रपतिसँग मागे क्षमादान 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दामा राष्ट्रपतिसँग आधिकारिक रूपमा माफी गरिदिन माग गरेका छन् ।

यो कदम इजरायलको राजनीतिमा ठूलो र असाधारण मानिएको छ । प्रधानमन्त्री कार्यालयको तर्फबाट आइतबार जारी विज्ञप्तिमा नेतन्याहूले राष्ट्रपति कार्यालयको कानुनी विभागलाई आफ्नो माफीको आवेदन पठाइसकेको बताइएको छ । राष्ट्रपति कार्यालयले यस आवेदनलाई ‘असाधारण र दूरगामी असर पार्ने कदम’ भनेको छ ।

नेतन्याहू इजरायलको इतिहासमा पहिले यस्ता बहालवाला प्रधानमन्त्री हुन्, जसको विरुद्धमा भ्रष्टाचारको मुद्दा चलिरहेको छ । उनीविरुद्ध तीन ठूला मामिलामा आरोप दर्ता छन् । यसमा धोखाधडी, विश्वासको उल्लंघन, घुसलगायत समावेश छन् ।

यी मामिलाहरूमा नेतन्याहूले धनी व्यापारीहरू र राजनीतिक समर्थकहरूबाट उपहार तथा फाइदा लिए र त्यसको बदलामा उनीहरूलाई लाभ पुर्‍याएको आरोप छ ।

यद्यपि, अहिलेसम्म कुनै पनि मामिलामा उनलाई दोषी ठहर गरिएको छैन । उनले लगातार सबै आरोपहरूलाई राजनीतिक षड्यन्त्र बताउँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update