पेट्रोलियम पदार्थः डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
काठमाडौं- पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार डिजेलमा एक रुपैयाँ ४४ पैसा घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ ।
मंसिर १५ गतेदेखि मूल्य समायोजन गरी डिजेल र मट्टितेलको मूल्यमा एक रुपैयाँ घटाइएको छ भने हवाई इन्धनतर्फ ६ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२ २०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

