Harsamaya
नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक
नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक ।

काठमाडौं - नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक भएको छ।

यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्नेछन्। साथै, रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ।

विकासकर्ताका अनुसार यो प्लेटफर्मलाई अन्य कनभर्टरभन्दा फरक बनाउन यूजर एक्सपिरियन्स (UX) र यूजर इन्टरफेस (UI) मा विशेष ध्यान दिइएको छ। अझ यस फन्ट कन्भर्टरलाइ कुनै पनि वेभसाइटमा निशुल्क प्रयोग गर्न सकिने छ ।

नेपालमा अझै पनि प्रचलित ‘प्रिति फन्ट’ प्रयोग गर्नेको संख्या ठूलो छ। तर सरकारी निकाय, अनलाइन मिडिया र आधिकारिक प्रयोजनका लागि भने युनिकोड अपरिहार्यजस्तै बनेको छ। यस्ता प्रयोगकर्ताका लागि सञ्चारगृह डट कम सहज विकल्प बनेको विकासकर्ताले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update