Harsamaya

काठमाडौं - नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्यवाहक सभापति डिपी अर्यालसहित रास्वपाको नेताहरूले उनलाई रास्वपामा स्वागत गरेका हुन् । 

पार्टी प्रवेशको क्रममा उनले स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरु जोडिएको भएको भन्दै यही पार्टीबाट मात्र नेपालको विकास र समृद्धिको बाटो अगाडि बढ्ने बताए । उनले रास्वाबाट मात्रै व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्छ भन्ने ठम्याईको कारण आफू जोडिएको धारणा राखे । 

उनले भने,‘स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरु जोडिएको पार्टी हो । यो पार्टीबाट मात्र नेपालको विकास र समृद्धिको पार्टी अगाडि जान सक्छ । व्याप्त भ्रष्टाचार र कुशासनको अन्त्य हुन सक्छ । यो ठम्याईको कारण म यो पार्टीमा प्रवेश गरेको हुँ । 

त्यस्तै उनले सभापति रवि लामिछानेको आँट, क्षमता र उनीप्रतिको जनताको विश्वास हेर्दा नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास आफूलाई लागेको उनको भनाई छ ।

उनले भने,‘यो पार्टीका सभापति रवि लामिछानेको आँट, क्षमता र उहाँप्रति जनताको विश्वास हेर्दा साच्चै नै नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै यो मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन हुन सक्छ । जुन अप्ठ्यारो अवस्थामा हामी छौं ।  पूराना पार्टीले जनताको विश्वास गुमाएको अवस्था छ । यो अवस्थामा रास्वपाले मात्रै जनताको विश्वास जित्छ भनेर प्रवेश गरेको हुँ । मैले धेरै कुरा बुझेर यो पार्टीमा के राम्रो कुरा छन् ,यो पार्टीबाट देशमा के योगदान पुर्याउन सकिन्छ भनेर बुझेर नै यो पार्टीमा आवद्ध भएको हुँ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update