Harsamaya
सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता सेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।

कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण सेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता सेयर छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने छन् । आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत दिन सकिन्छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update