एनपीएलः उद्घाटन खेलमा काठमाडौं विजयी‚ जनकपुर पाँच विकेटले पराजित
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंको जितमा ओपनर बेन चार्ल्सवर्थले आक्रमक व्याटिङ गर्दै ४६ रनको योगदान गरे । यस्तै अर्का ओपनर आकाश त्रिपाठीले ३९ रनको योगदान गरे । जनकपुरका किशोर महतो‚कप्तान अनिल शाह‚ ललित राजवंशीले समान एक विकेट लिए ।
त्यसअघी पहिले व्याटिङ गरेको जनकपुरका लागि ओपनर आसिफ शेखले ५४ तथा मध्यक्रमका व्याट्सम्यान मयन यादवले ३४ रनको योगदान गरे । काठमाडौंको तर्फबाट मिलिन्द कुमारले तीन विकेट लिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

