क्यानले सार्वजनिक गर्यो एनपीएलको खेल तालिका
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा पहिलो संस्करणकै आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म चल्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

