काठमाडौं - शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।
शिक्षा मन्त्री महावीर पुनले आइतबार एक विज्ञप्ति जारी गरी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका हुन्।
“सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेसागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ ।
यस्तै विज्ञप्तिमा थप उल्लेख गरिएको छ‚“कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधि संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु।”


