Harsamaya
हङकङ सुपर सिक्सेस: अफगानिस्तानसँग नेपाल पराजित
 हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल र अफगानिस्तानका खेलाडी । तस्वीर: क्यान ।

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो ।

नेपालका रसिद खानले ह्याट्रिक लिए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ११२ रन बनाएपछि नेपाललाई ११३ रनको लक्ष्य पाएको थियो ।

त्यसपछि नेपालले ६ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । नेपालले उक्त रन २ विकेटको क्षतिमा बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update