Harsamaya
 बाबुराम भट्टराईले गरे राजनीतिक दलका नेतासँग छलफल
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग विभिन्न दलका नेताहरू छलफलमा । ।

काठमाडौं - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज छलफल गरेका छन् । 

जेनजी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दाे वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ  । 

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका आयोजक समितिका संयोजक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरु जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायतका प्रतिनिधि सहभागी छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update