Harsamaya
राष्ट्र बैङ्कको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं - नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । पौडेललाई बुधबारदेखि लागू हुने गरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो ।

विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतका जिम्मेवारी सम्हालिसकेका छन् ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update