Harsamaya
आज गुरू नानक जयन्ती मनाइँदै
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ ।

यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।

असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु नानकले प्रेरणा दिएकाले उनलाई समनता तथा शान्तिको सन्देश वाहकका रूपमा विश्ववासीले सम्मान गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update