पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी खोल्ने
काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन् ।
आज सकिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए । समाजवादीको बैठकमा बहुमतका आधारमा पार्टी एकताको निर्णय गरेको हो । खनालले भने भिन्न मत समेत राख्न पाएनन् ।
उनले पार्टी पुनर्गठनक लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बुझ्ने जानकारी दिए ।
एमालेमा फर्किने बारेमा कुनै सोच नरहेको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

