Harsamaya
नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो ।
                                                                                
बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४६ अंकले ओरालो लागेको छ । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

आज ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमार्फत ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता सेयरकारोबार भएको छ । यसअघि मंगलबार भने ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन दुई स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । यस्तै, मानुषी लघुवित्तको सेयरमूल्य करिब १० प्रतिशत बढ्दा हिमालयन पावर पार्टनर ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, ज्योति विकास बैंक बण्ड २०८७ भने ५.६६ प्रतिशतले घट्दै सर्वाधिक मूल्य घट्ने स्टकमध्ये रहेको छ ।

१३ उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह घटेका छन् । होटल तथा पर्यटन उपसमूह २.१५ प्रतिशत वृद्धि गर्दै अगाडि छ भने व्यापार उपसमूह पनि २ प्रतिशत उक्लिएको छ । अन्य उपसमूह भने १.२० प्रतिशत घट्दै क्रमशः कमजोर प्रदर्शनमा देखिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update