Harsamaya
वक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
नेपाल विद्युत प्राधिकरण ।

काठमाडौं - डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र वक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेलापनि लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले वक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै वेलामा पनि लाइन काट्न सक्ने वताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझैं २५ उद्योग किस्ता वुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेलालाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेलापनि काटिन सक्छ,’ उनले भने ।

वक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्तावन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रवार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता वरावरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।

आईतवार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नर्गु भनेकाले सावर्जनिक नगरिएको सिलवालले वताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update