Harsamaya
नेपाल भियतनामसँग पराजित
एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामका खेलाडीहरू ।

काठमाडौं - एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । 

भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा आज भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंकजोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अंकजोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ गोलको हार बेहोरेको थियो ।

भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक÷एक गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए । खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको १७औं मिनेटमै सनिशले गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भियतनामले दुई गोल गर्यो । मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update