Harsamaya
सुधन गुरुङले भने - जनता जागिसकेका छन् फुटाउन कुनै प्रयास नगर्नूस्
हामी नेपालका संयोजक सुधन गुरुङ ।

काठमाडौं - हामी नेपालका संयोजक सुधन गुरुङले जेनजीको नाम गरेर आपराधिक गतिविधिहरू भड्काइएको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने चेतावनी दिए ।

 ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं’ ,उनले भने, ‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन।’ 

उनले अब जनता जागिसकेका फुटाउन कुनै प्रयास नगर्न पनि आग्रह गरे ।  

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update