Harsamaya
भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा
नेपाली फुटबल टोली ।

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेका छन् । 

एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन् ।  

टोलीमा कप्तान लिम्बूसँगै अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेञ्जन र जिलेस्पीजङ कार्की छन् । 

यसैगरी  कृतिकरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन्  ।

नेपालले भियतनामसँग दुई खेल खेल्नेछ ।  खेल यही असोज २३ गते भितनाममा हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update