Harsamaya
मौसमका कारण आन्तरिक उडान सबै रद्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

काठमाडौं - प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन् ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तरराष्ट्रियतर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update