Harsamaya

काठमाडौं - सिमेन्ट उत्पादक संघका अध्यक्ष एवं उद्योगी रघुनन्दन मारु यसपालिको बडादशैंमा तीर्थयात्राको योजनामा छन् । भारतका केही महत्त्वपूर्ण धार्मिक स्थलहरूको पारिवारिक भ्रमण गरेर दशैं मनाउने योजना रहेको सुनाउँछन् ।

विगतको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता पाएको बताउँदै उनले इन्टरनेटका कारण मानिसहरूबिचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उनी बताउँछन् । ‘विगतमा विराटनगरको पूरानो घरमा बसेर सामूहिक रुपमा दशैं मनाउँथ्यौ । हिजोआजको दशैं विगतमा जस्तो छैन । क्लोजनेश हुन छाड्यो । इन्टरनेट वा एआइका कारण नजिक भएर पनि कम्युनिकेसन नहुँदा सम्बन्ध टाढा भएजस्तो लाग्छ,’ उनले भने ।

बलि प्रथाप्रति अरुचि राख्ने उनी पूर्ण रूपमा शाकाहारी रहेको बताउँछन् । ‘मैले धेरै साथीहरूलाई भेजिटेरियन बनाएको छु । जन्मजात ननभेजिटेरियन भएका साथीहरूलाई भेजिटेरियन बनाएको छु । जसका कारण साथीहरूले मलाई बधाई समेत दिनुहुन्छ,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update