शाक्यलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले ल्याए मनोज सिलवाल

काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई ल्याएको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।
त्यसको पाँच महिनापछि ऊर्जा मन्त्री बनेका घिसिङले शाक्यलाई सरुवा गरी सो पदमा सिलवाललाई नियुक्ति दिलाएका हुन् ।
सिन्धुपाल्चोकका सिलवाल प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा उनका नजिकका सहयोगी मानिन्छन् ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ १९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय