
काठमाडौं - आज विश्व शान्ति दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभरि मनाइँदै छ । सन् २०१६ को संयुक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको हो। १५ सेप्टेम्बर २०१७ को दिन संयुक्त राष्ट्र संघको शान्ति बाटिकाबाट बजाइएको बिगुलले विश्व शान्तिको शंखनाद गरेको छ ।
विश्व शान्ति दिवस २०२५ को नारा एक्सन फर पीस: आवर एम्बिसन फर द ग्लोबल गोल्स रहेको छ । शान्ति केवल युद्धको अभाव मात्र नभएको देखाउँछ। यसले हाम्रा व्यक्तिगत र सामूहिक प्रयासहरू, चाहे साना हुन् वा ठूला, संयुक्त राष्ट्रको सस्टेनेबल डेभलपमेन्ट गोल्स हासिल गर्न सहयोग पुर्याउँछ। दैनिक जीवनमा आपसी समझदारी, समानता र सहकार्य बढाउने कामले शान्तिपूर्ण र दिगो विश्व निर्माण गर्न मद्दत गर्छ।
नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपमा आज विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।